आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गुरु खेन रिन्पोछे फुर्बा दोर्जेबाट आज मन्त्र जप ध्यानको बारेमा प्रवचन

गोकर्णेश्वर खबर७ श्रावण २०७९, शनिबार १७:०४ मा प्रकाशित (१ साल अघि) २५९ पाठक संख्या

८ साउन, काठमाडौं । हिमालय मैत्री फाउण्डेसन नेपालको आयोजनामा आज गुरु रिन्पोछेको वज्र गुरु मन्त्रको लुङ ठी (आगम र व्याख्यान ) एवं मन्त्र जप ध्यानको बारेमा धर्म प्रवचन कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार बौद्ध भुवालडाँडामा रहेको फाउन्डेसनको कार्यालयको हलमा कार्यक्रम भएको थियो ।

बौद्ध धर्म गुरु खेन रिन्पोछे फुर्बा दोर्जेले गुरु रिन्पोछेको वज्र गुरु मन्त्रको आगम र व्याख्यान एवं मन्त्र जप ध्यानको बारेमा धर्म प्रवचन दिनुका साथै ध्यानको अभ्यास समेत गराएका थिए ।

कार्यक्रममा बौद्ध धर्म शिक्षाका अभियन्ता कोशिष वाईबा, आचार्य थुप्तेन लामा, समाजसेवी याङ योञ्जन लगायत उल्लेख्य संख्यामा बौद्ध धर्मावलम्बिहरुको उपस्थिती रहेको थियो ।