आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर नगर स्काउटबाट विभिन्न मन्दिरमा डस्टबिन वितरण

गोकर्णेश्वर खबर७ श्रावण २०७९, शनिबार १६:३४ मा प्रकाशित (१ साल अघि) ४०५ पाठक संख्या

८ साउन, काठमाडौं । गोकर्णेश्वर नगर स्काउट समितिले सार्वजनिक स्थलहरुका सरसफाईका लागि डस्टबिन वितरण गरेको छ । शनिबार गोकर्णेश्वर नगर स्काउटले गोकर्णेश्वर महादेव मन्दिर, चामुण्डा कालिका मन्दिर, उत्तरवाहिनी मन्दिर र सुन्दरीजल मन्दिरमा १० वटा डस्टबिन वितरण भएका गरेको छ ।

कुहिने र नकुहिने फोहोरका लागि प्रत्येक मन्दिरलाई दुई–दुई वटा र गोकर्णेश्वर महादेव मन्दिरका लागि ४ वटा डस्टबिन वितरण गरिएको नगर स्काउटका संयोजक सुरेश खड्काले जानकारी दिए ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जयराम महत, निवर्तमान उपमेयर शान्ति नेपाल, वडा सदस्यहरु कृष्ण श्रेष्ठ, राजेश श्रेष्ठ लगायतको उपस्थितीमा डस्टबिन वितरण गरिएको हो ।

साथै आज जगडोलस्थित राष्ट्रिय सहिद स्मारक पार्कमा स्काउटहरुले रोपेको बिरुवालाई गोडमेल गर्ने कार्य पनि सम्पन्न भएको छ ।