आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

जेष्ठ नागरिक सामुदायिक सिकाई भवन समुदघाटन 

गोकर्णेश्वर खबर७ श्रावण २०७९, शनिबार १६:१३ मा प्रकाशित (२ साल अघि) १८६ पाठक संख्या

७ साउन, काठमाडौं । काठमाडौ महानगरपालिका वडा नं ६ पानी टयांकी स्थित कुमारी माता मन्दिर संरक्षण तथा भवन समिति प्रांगणमा निर्माण सम्पन्न भएको जेष्ठ नागरिक सामुदायिक सिकाई भवनको समुदघाटन भएको छ ।

आज बागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाले सो भवनको उद्द्धाटन गरेका हुन् । वागमति प्रदेशको वडा विकास साझेदारी कार्यक्रम अन्तर्गत प्राप्त सहयोगबाट भवन निर्माण भएको हो ।

समुदघाटन कार्यक्रममा कामपा ६ का वडा अध्यक्ष भुवन लामा, गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, कामपा ६ का वडा सदस्यहरु देव बज्राचार्य, नरेन्द्र कुमार थापा, गायत्री पुडासैनी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कुमार राज सुवेदी, काठमाडौं क्षेत्र नं. ३ प्रदेश (क) का सभापति श्रीराम चालिसे, वागमति प्रदेश समिति सदस्य नाति काजी कार्की, नानु दाहाल, समाजसेवी चन्द्रदीप लामा काजु, लगायतका सामाजिक तथा राजनीतिक व्यक्तित्वहरु, मन्दिर संरक्षण समितिका पदाधिकारी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।