आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

फोहोर व्यवस्थापनमा प्रदेश सरकारले स्थानीय सरकारलाई समन्वय गर्ने कानुन बनाउन आवश्यक : मेयर रिसाल

गोकर्णेश्वर खबर६ श्रावण २०७९, शुक्रबार २२:०८ मा प्रकाशित (१ साल अघि) २८९ पाठक संख्या

६ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसालले व्यवस्थित ऐन कानुनको अभावमा फोहोर व्यवस्थापनमा आएका समस्या समाधान गर्न विशेष व्यवस्था गर्नु पर्ने बताएका छन् । कानुनलाई टेकेर सुव्यस्थित रुपमा फोहोर व्यवस्थापन गर्न प्रदेश सरकारले स्थानीय सरकारलाई समन्वय गर्ने कानुन ल्याएर सहजीकरण गरिदिनु पर्ने बताए ।

रिसालले स्थानीय स्तरमा फोहोर वर्गिकरणका साथै वातावरण मैत्री जीवनशैली विकास गर्ने नीति सरकारले ल्याउन सकेमा त्यसले फोहोर व्यवस्थापनमा सहयोग पुग्ने बताए । प्लाष्टिक, सिसाजन्य लगायतका नकुहिने फोहोर न्युनिकरणका लागि सरकारले आवश्यक ऐन, कानुन, नीति, योजना निर्माण गरी दीर्घकालिन फोहोर व्यवस्थापनको सोच आधुनिक प्रविधिको सदुपयोग गर्ने दिशामा अगाडि बढ्न आवश्यक रहेकोमा मेयर रिसालले जोड दिए ।

आज शुक्रबार  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापन सम्बन्धी काठमाडौँ उपत्यका भरिका मेयर उपमेयरसँग गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै मेयर रिसाललले सो बताएका हुन् ।