आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

सुन्दरीजलमा बीपीको शालिकमा माल्यापर्ण

गोकर्णेश्वर खबर६ श्रावण २०७९, शुक्रबार १३:२१ मा प्रकाशित (१ साल अघि) २९० पाठक संख्या

६ साउन, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४० औँ स्मृति दिवसको सन्दर्भमा आज विपि संग्रहालय सुन्दरीजलमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल लगायतले विपिको सालिकमा माल्यार्पण गरेका छन् ।

माल्यार्पण कार्यक्रममा विपि संग्रहालयका अध्यक्ष परशुरराम पोखरेल, महाधिवेशन प्रतिनिधि कुमारारज सुवेदी, सहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल, वडा अध्यक्षहरु नारायण बहादुर सुवेदी, राजिव थापा लगायत काठमाडौं क्षेत्र नं. ३ का नेपाली कांग्रेसका नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।

स्मृति दिवसको सन्दर्भमा आज प्रजातान्त्रिक आन्दोलनमा बीपीको योगदान बारे अन्तरक्रियासमेत गरिएको थियो ।