आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबाट नवनिर्वाचित भारतीय राष्ट्रपतिलाई बधाई 

गोकर्णेश्वर खबर६ श्रावण २०७९, शुक्रबार ०८:३७ मा प्रकाशित (१ साल अघि) २४२ पाठक संख्या

६ साउन, काठमाडौं । बिहीबार भारतीय राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मुलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।

राष्ट्रपति भण्डारीले मुर्मु भारतको राष्ट्रपति निर्वाचित भएलगत्तै सामाजिक सञ्जालमार्फत बधाई दिएकी हुन् । नवनिर्वाचित राष्ट्रपति मुर्मुको कार्यकालमा नेपाल र भारतबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने राष्ट्रपति भण्डारीको विश्वास छ ।

भारतको १५ औँ राष्ट्रपति द्रौपदी मुर्मु आदिवासी समुदायबाट भारतको उपल्लो पदमा पुग्ने पहिलो महिला हुन् ।