आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

आदिवासी महिला द्रौपदी मुर्मू भारतको १५ औं राष्ट्रपति निर्वाचित

गोकर्णेश्वर खबर५ श्रावण २०७९, बिहीबार २१:२० मा प्रकाशित (१ साल अघि) ३३३ पाठक संख्या

५ साउन, काठमाडौं । भारतको १५औं राष्ट्रपतिमा भारतको आदिवासी समुदायबाट पहिलो व्यक्ति द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी दोस्रो महिला हुन् ।

सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले पूर्वराज्यपाल रहेकी मुर्मूलाई उम्मेदवार बनाएको थियो । उनी कांग्रेस सहितको विपक्षी दलले राष्ट्रपतिमा अघि सारेको तृणमुल कांग्रेसमा रहेका पूर्वभाजपा नेता यशवंत सिन्हालाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रपति चुनिएकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ ।

मुर्मू भारतमा राष्ट्रपति हुने पहिलो आदिवासी र दोस्रो महिला हुन् । ओडिशाकी मुर्मू यसअघि झारखण्डको गभर्नर भइसकेकी छन् । मुर्मूले जुलाई २५ मा राष्ट्रपति पद र गोपनीयताको सपथ लिनेछिन् ।
द्रौपदी मुर्मूलाई सुरुदेखि नै भारी भइरहेको थियो ।