आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

संसदीय विशेष छानबिन समितिलाई पूर्व अर्थमन्त्री शर्माले जवाफ दिए 

गोकर्णेश्वर खबर५ श्रावण २०७९, बिहीबार १२:३४ मा प्रकाशित (१ साल अघि) १७५ पाठक संख्या

५ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्व अर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताएका छन् ।

बिहीबार समितिले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधका सबै प्रश्नको आफूले जवाफ दिएको बताए । आफूले समितिले सोधका सबै प्रश्नको जवाफ दिएको र यसको निचोड समितिले नै गर्ने शर्माले बताए ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा बाहिरका मान्छे प्रवेश नगरेको बताएका छन् । बिहीबार संसदीय विशेष छानबिन समितिलाई दिएको बयानमा शर्माले अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा बाहिरको मान्छे पस्ने कुनै सम्भावना नै नभएको बताएका हुन् ।

समितिले तत्कालीन अर्थमन्त्री शर्मासँग बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधपुछ गरेको थियो । तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा यसबारे सोधपुछ भएको छ । समितिको बैठकमा निवर्तमान अर्थमन्त्री शर्मा उपस्थित भएर छलफलमा भाग लिनुभएको थियो ।

तत्कालीन अर्थमन्त्री शर्मालाई २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।