आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मा नियुक्त

गोकर्णेश्वर खबर४ श्रावण २०७९, बुधबार १८:१० मा प्रकाशित (१ साल अघि) ३२२ पाठक संख्या

४ साउन, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई जिम्मेवारी तोकेको छ ।

नवनियुक्त प्रमुख सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले दुवै जनालाई आज सो जिम्मेवारी दिएका हुन् । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन् ।

सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि दुबै पद रिक्त थियो । रिक्त पदमा संसदीय दलका नेताले देउवामा बुधबार नयाँ नियुक्ति गरेका हुन् ।