आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

‘संघीय चुनावका लागि तयारी गर्दैछु’ – सन्तोष चालिसे

गोकर्णेश्वर खबर४ श्रावण २०७९, बुधबार १४:५८ मा प्रकाशित (१ साल अघि) १५९८ पाठक संख्या

४ साउन, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का सभापति सन्तोष चालिसेले आफूले संघीय चुनावको लागि तयारी गरिरहेको बताएका छन् । गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर चालिसेले सोमबार एक टेलिभिजन कार्यक्रमलाई अन्तर्वार्ता दिंदै सो बताएका हुन् ।

चालिसेले आफू लामो समय देखि सामाजिक, राजनीतिमा क्षेत्रमा सक्रिय भएको र पार्टीको क्षेत्रीय सभापति, स्थानीय सरकार सञ्चालन गरेको अनुभवका आधारमा उम्मेदवारको बलियो दावेदार भएको दावि गरे ।

उनले वडा अध्यक्ष, गाविस अध्यक्ष, प्रथम मेयरको रुपमा गरेको कार्य र क्षेत्रीय सभापतिको योग्यताको आधारमा पार्टीले मुल्यांकन गरेर आफूलाई टिकट दिने बताए ।

चालिसेले संघीय चुनावका लागि पार्टीका नेता कार्यकर्तासँग निरन्तर सरसल्लाह गरिरहेको बताउँदै संघीय चुनावमा अगाडि बढ्न सकारात्मक प्रतिक्रिया पाएको दावि गरे ।

अनुभव र योग्यताको आधारमा संघीय चुनावमा आफूलाई अगाडि बढ्न नेता कार्यकर्ताले हौसला दिएकोले त्यसका लागि आफूले निरन्तर तयारी गरिरहेको बताए ।