आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

जोरपाटीमा निस्केको ग्याँस आज बिहान ३:३० बजेबाट बन्द

गोकर्णेश्वर खबर४ श्रावण २०७९, बुधबार ०९:४० मा प्रकाशित (१ साल अघि) ५६६ पाठक संख्या

४ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटी चोक नजिकै डिप बोरिंग गर्दा हिजो निस्किएको ग्याँस आज बिहान साढे ३ बजेबाट बन्द भएको छ ।

जोरपाटी चोक सानो बजारको पश्चिममा सोनाम लामाको घरमा मंगलबार बिहान दश बजे बोरिंग खन्ने क्रममा एक्कासी ग्याँस सहितको पानीको फोहोरा निस्किएको थियो ।

३०० फिट भन्दा गहिरो बोरिंगबाट बालुवा, माटोको लेदो, साना ढुंगाका टुक्रा सहित ग्याँस र पानिको फोहोरा निस्किएको थियो ।

भुगर्भविद्ले जमिनबाट निस्केको ग्याँसमा १३ प्रतिशत मिथेन रहेको र वरपर ८ प्रतिशत मिथेन भएको बताएका थिए । ग्याँस सहितको पानी र लेदोको फोहोराका कारण जोरपाटी चोक नजिकैको घर वरपर पानी र हिलोले ढाकिएको थियो । जोरपाटी चोकमा हिजो दिनभर सवारी आवागमनमा बाधा पुगेको थियो ।

करिब १७ घण्टापछि फोहोरा आउन बन्द भए पछि वडाले सरसफाइ गर्ने तयारी गरिरहेको छ ।