आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

जोरपाटीमा डिप बोरिंग गर्दा ग्याँस र हिलो पानी सहितको फोहोरा निस्कियो

गोकर्णेश्वर खबर३ श्रावण २०७९, मंगलवार १२:५६ मा प्रकाशित (१ साल अघि) १५५४ पाठक संख्या

३ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटी चोक नजिकै डिप बोरिंग गर्दा ग्याँस निस्किएको छ । जोरपाटी चोक सानो बजारको पश्चिममा सोनाम लामाको घरमा बिहान दश बजे डिप बोरिंग खन्ने क्रममा एक्कासी ग्याँस सहितको पानीको फोहोरा निस्किएको छ ।

३०० फिट गहिरो बोरिंगबाट बालुवा, माटोको लेदो, साना ढुंगाका टुक्रा सहित ग्याँस र पानीको फोहोरा निस्किएको छ । फोहोराका कारण नजिकैका घर वरपर पानी र हिलोले ढाकिएको छ । एक्कासी ग्याँस, लेदोपानी सहितको फोहोरा आए पछि स्थानीय प्रहरी अधिकारी, गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाल, वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का वडा अध्यक्ष नवराज लामा लगायतले घटनास्थलको अवलोकन गरेका छन् ।

खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगेको छ । श्रेष्ठले जमिनमा डिपोजिट भएको ग्याँस भएसम्म फोहोरा आउने बताउँदै विज्ञ टोलीले सो को अध्ययन गर्ने गोकर्णेश्वर खबरलाई बताए ।