आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने 

गोकर्णेश्वर खबर२ श्रावण २०७९, सोमबार १७:३८ मा प्रकाशित (१ साल अघि) २०४ पाठक संख्या

२ साउन, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय समितिको बैठकले पाँच वर्ष स्थिर सरकार दिनका लागि पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार ‘वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ’ भनिएको छ ।