आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

मदिरा, चुरोट तथा सूर्तिजन्य वस्तु आयातमा प्रतिवन्ध

गोकर्णेश्वर खबर२ श्रावण २०७९, सोमबार ०९:०२ मा प्रकाशित (१ साल अघि) २४८ पाठक संख्या

२ साउन, काठमाडौं । सरकारले विभिन्न १० वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि वैशाख १३ मा गरेको १० वस्तुको आयातमा प्रतिबन्धको निर्णयलाई भदौ १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि सरकारले यसअघि असार मसान्तसम्मका लागि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले सबै प्रकारका तयारी मदिरा र चुरोट तथा सूर्तिजन्य वस्तु आयातमा प्रतिवन्ध लागेको छ ।

त्यस्तै १५० सीसीमाथिको मोटरसाइकल तथा स्कुटर, गाडीको साथै सबै किसिमका कुकुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा प्रतिबन्ध लगाएको छ ।

परिमार्जन गरिएको निर्णयअनुसार आजदेखि १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल आयात गर्न पाइनेछैन । यसअघि ६ सय डलरभन्दा माथिका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाइएको थियो । अब भने ३ सय डलरभन्दा बढी मूल्यका स्मार्टफोन आयात गर्न नपाइने भएको छ ।