आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

विकासमा अवरोध गरेर आम नागरिकलाई पिडा दिनु हुँदैन : अध्यक्ष रेशम स्याङ्बो 

गोकर्णेश्वर खबर१ श्रावण २०७९, आईतवार २१:४४ मा प्रकाशित (१ साल अघि) १६८ पाठक संख्या

१ साउन, काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले विकास निर्माण कार्यमा कसैले पनि अवरोध नगरी सहयोग गर्नु पर्ने बताएका छन् । शनिबार काठमाडौं गोकर्णेश्वरमा रहेको सरस्वती माकलवारी सेवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष स्याङ्बोले सो धारणा राखेका हुन् ।

उनले विकासमा अवरोध गर्दा धेरै नागरिक सुविधाबाट वञ्चित हुने भएकोले छलफलबाटै समस्याको समाधान खोजि विकास कार्यलाई तिव्र बनाउन सबैले ध्यान दिनु पर्ने बताए । उनले विकासमा हुने अवरोधले आम नागरिकलाई पिडा थप्ने भएकोले सो प्रति सचेत हुनु पर्नेमा समेत जोड दिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, गोकर्णेश्वरका वडा अध्यक्षहरु जयराम महत, नवराज लामा, केशव गुरुङ, नन्दलाल श्रेष्ठलाई संस्थाले शुभकामना तथा बधाई दिएको थियो ।

सरस्वती माकलवारी सेवा संघ नेपालका अध्यक्ष मुक्तिनाथ डोटेलको अध्यक्षतामा भएको कार्यक्रममा माकलबारीको विकासका बारेमा चर्चा भएको थियो ।