आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

श्रावणको श्रृंगार : हातमा मेहेन्दी, पहेँलो र हरियो चुरा–पोते (फोटोफिचर)

गोकर्णेश्वर खबर१ श्रावण २०७९, आईतवार १९:०८ मा प्रकाशित (१ साल अघि) ५२३ पाठक संख्या

१ साउन, काठमाडौं । साउन महिना सुरु भएसँगै बजारमा हातमा मेहेन्दी लगाउने र पहेँलो र हरियो चुरा– पोते किन्नेको भीड लागेको छ ।

भगवान् शिवको आराधना गरिने साउन महिनाभर विवाहित महिलाले रातो, हरियो र पहेँलो चुरा र पोते लगाउँछन् भने अविवाहितले हरियो र पहेँलो चुरा–पोते तथा हातमा मेहेन्दी लगाउने गर्छन् ।

पोते र मेहेन्दी लगायो भने पतिको दीर्घायु बढ्छ भन्ने विश्वास छ । अविवाहितहरूले भने शिव जस्तै पति पाउँछन् भन्ने जनविश्वास रहेको छ ।