आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

पशुपति क्षेत्रमा धार्मिक, सांस्कृतिक क्रियाकलाप बाहेकका कार्य नगर्न कोषको आग्रह

गोकर्णेश्वर खबर१ श्रावण २०७९, आईतवार १८:३० मा प्रकाशित (१ साल अघि) ४८३ पाठक संख्या

१ साउन, काठमाडौं । पशुपति क्षेत्रमा धार्मिक, सांस्कृतिक क्रियाकलाप बाहेक मानिसका जमघटमा हुने क्रियाकलाप माथि रोक लगाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै बिहानको समयमा श्लेष्मान्तक वन, भण्डारखाल र मृगस्थलीमा मर्निङ्ग वाकका नाममा पौराणिक धार्मिक गतिविधि भन्दा भिन्न किसिमका गतिविधिहरु हुने गरेकोले साउन १ गते देखि रोक लगाएको जनाएको छ ।

कोषले बिहान ब्याटमिन्टन, फुटबल, भलिवल खेल्ने, चर्को संगित÷साउण्ड सहित जुम्बा डान्स गर्ने, साइकिलिङ तथा योगका नाममा अप्राकृतिक विविध किसिमका क्रियाकलाप गर्न रोक लगाएको जनाएको छ ।

कोषले यस्ता क्रियाकलापले पशुपति क्षेत्रमा रहेका मृग, बाँदर तथा अन्य पशुपंक्षिहरुको दैनिक जीवन प्रकृयामा अवरोध तथा यस क्षेत्रमा साधु सन्तहरुको ध्यान एवं पूजामा समेत अवरोध भएको सूचनामा जनाइएको छ । सूतना अटेर गरी रोक लगाईएका गतिविधि गर्नेमाथि कारबाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।