आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

भाजपासँग प्रचण्डले दिल्लीमा गरे दुई समझदारी 

गोकर्णेश्वर खबर१ श्रावण २०७९, आईतवार १६:१९ मा प्रकाशित (१ साल अघि) ३३४ पाठक संख्या

१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)सँग दुई वटा समझदारी गरेका छन् ।

भारतको तीन दिने भ्रमणमा रहेका प्रचण्डले आज नयाँदिल्लीमा भाजपा मुख्यालयमा अध्यक्ष जेपी नड्डासँग भेट गर्दै दाहालले दुईवटा समझदारी भएको बताएका छन् ।

भेटपछि नयाँदिल्लीस्थित दिनदयाल मार्गमा रहेको भाजपा मुख्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले दुई पार्टीको सम्बन्ध बढाउने र पार्टी स्तरमा दुबै देशमा कार्यक्रम बढाउँदै लैजाने सहमति भएको बताए ।

तीन दिने भ्रमणका क्रममा शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका प्रचण्डले ७ वर्षपछि भएको आफ्नो भारत भ्रमण फलदायी र उपलब्धिमूलक भएको बताए । प्रचण्ड आजै स्वेदश फर्किँदै छन् ।