आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

सरकारले नेपाल आयाल निगमलाई ७ अर्ब ऋण दिने

गोकर्णेश्वर खबर१ श्रावण २०७९, आईतवार १५:३६ मा प्रकाशित (१ साल अघि) २५४ पाठक संख्या

१ साउन, काठमाडौं । सरकारले नेपाल आयाल निगमले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिन अपुग भएको सात अर्ब ऋण सहयोग गर्ने भएको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ मन्त्रालयमार्फत् आयल निगमलाई ऋण दिने निर्णय भएको जानकारी दिएका हुन् ।

अर्थ मन्त्रालयमार्फत् इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिन अपुग रकमका लागि निगमलाई सात अर्ब ऋण लगानी गर्ने निर्णय भएको सञ्चारमन्त्रीको भनाइ रहेको छ ।

त्यसैगरी, सरकारले पूर्वाधार करबाट समायोजना भएको ५९ करोड ८६ लाख ८० हजार रकम अनुदान स्वरुप उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत् नेपाल आयाल निगमलाई उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।