FLASH NEWS
आज: २४ श्रावण २०७९, मंगलवार | Tue, 09, Aug, 2022 Gokarneshwor TV HD

गभर्नर अधिकारी विरुद्ध भोली नेविसंघले बालुवाटारमा विरोध कार्यक्रम गर्ने

गोकर्णेश्वर खबर३२ असार २०७९, शनिबार २२:०५ मा प्रकाशित (३ हफ्ता अघि) ६२१ पाठक संख्या

३२ असार, काठमाडौं । गभर्नर पदको मानमर्दन गरेको भन्दै नेविसंघले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध भोली आईतबार विरोध कार्यक्रम गर्ने भएको छ ।

नेकपा एमालेको विभाग सदस्य बनेर गभर्नर पदको मानमर्दन गरेको भन्दै नेविसंघले गभर्नर अधिकारी विरुद्ध विरोध कार्यक्रम गर्ने जनाएको छ ।

नेविसंघले भोली साउन १ गते आईतबार बिहान १० बजे बालुवाटारमा नेपाल राष्ट्र बैंक अगाडी विरोध कार्यक्रम गर्ने जनाएको छ ।