आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

जि.प्र.का. काभ्रेमा राष्ट्रिय वाणिज्य बैकको एक्सटेन्सन काउन्टर

गोकर्णेश्वर खबर३२ असार २०७९, शनिबार २०:३४ मा प्रकाशित (१ साल अघि) २०० पाठक संख्या

३२ असार, काठमाडौं । काभ्रेको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५१ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको एक समारोहकाबीच शुभारम्भ गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा राखिएको एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेका छन् ।

शाखा कार्यालय धुलिखेल मातहत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।