आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

प्रेस युनियन काभ्रेद्वारा भुम्लु गाउँपालिका उपाध्यक्ष सम्मानित

गोकर्णेश्वर खबर३२ असार २०७९, शनिबार १३:४९ मा प्रकाशित (१ साल अघि) ४१४ पाठक संख्या

३२ असार, काठमाडौं । भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्र मान तामाङ (दावा लामा) सम्मानित भएका छन् । आज नेपाल प्रेस युनियन काभ्रे शाखाले बनेपामा सम्मान गरेको हो ।

उपाध्यक्ष लामालाई नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले सम्मानपत्र हस्तान्तरण गरे ।

आज प्रेस युनियन काभ्रेले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा युनियनका नव निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रम गरेको हो ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष इश्वरी ओझा, नेपाली कांग्रेस काभ्रेका नेता अच्युत पौडेल, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेशप्रसाद हुमागाई, रोशी गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस प्रतिनिधीसभा क्षेत्र नं १ का सभापति दिनेश लामा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष एवं युनियनका सल्लाहकार भोला थापा, नेपाल प्रेस युनियन काभ्रेका पूर्वअध्यक्ष नारायण सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रे अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठन काभ्रे अध्यक्ष सन्तोष चौलागाई लागयतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।