आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

छहारी युवा क्लब सामुदायिक भवन उद्घाटन

गोकर्णेश्वर खबर३२ असार २०७९, शनिबार १३:०६ मा प्रकाशित (१ साल अघि) ४६६ पाठक संख्या

३२ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा रहेको छहारी युवा क्लब सामुदायिक भवनको आज उद्घाटन भएको छ ।

छहारी युवा क्लव सामुदायिक भवनको शनिबार काठमाडौं क्षेत्र नं. ३ का संघीय सांसद कृष्ण राई, गोकर्णेश्वरका मेयर दिपक कुमार रिसाल, प्रथम मेयर सन्तोष चालिसेबाट संयुक्त रूपमा उद्घाटन गरिएको हो ।

वागमती प्रदेशसभा सदस्य रामेश्वर फुयालको सिफारिस तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगबाट कलात्मक भवन निर्माण भएको हो । कलात्मक भवन निर्माण वागमति प्रदेश सरकारको १९ लाख ७६ हजार र नगरपालिकाको १५ लाख सहयोगमा भएको थियो ।

संघीय सांसद कृष्ण राईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा विशेष अतिथि नगर प्रमुख दीपक रिसाल, गोकर्णेश्वरका प्रथम मेयर सन्तोष चालिसे, अथितीहरुमा वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं. ९ का वडा अध्यक्ष राजिव थापा, वडा नं. ८ का वडा सदस्यहरु सुमन लामा, चन्द्रलाल श्रेष्ठ, सीता तिमल्सिना, सोविता मिजार, क्लबका संरक्षक माधव खनाल, दीपक सिंह भण्डारी, सल्लाहकार विनोद चापागाई, कुमार श्रेष्ठ, क्लबका पदाधिकारी, पूर्व पदाधिकारीको आतिथ्यता तथा क्लबका सदस्य लगायतका उपस्थितीमा कार्यक्रम भएको थियो । कार्यक्रम क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठको सभापतित्वमा भएको थियो भनें कार्यक्रमको सञ्चालन सचिव संगम थापा श्रेष्ठले गरेका थिए ।