आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

प्रतिनिधिसभाको उपसभामुख पदमा पुष्पा भुसाल (गौतम) निर्वाचित

गोकर्णेश्वर खबर३१ असार २०७९, शुक्रबार २१:५२ मा प्रकाशित (१ साल अघि) २७० पाठक संख्या

३१ असार, काठमाडौं । नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल (गौतम) संघीय संसद् प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी छन् । शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा उपसभामुख पदका लागि भएको निर्वाचनमा भुसाल निर्वाचित भएकी हुन् ।

उपसभामुखका लागि भएको मतदानमा भुसाल १४८ मतसहित विजयी भईन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपसभामुख पदका उम्मेदवार विद्या भट्टराईले ९३ मत पाईन् । तटस्थ १ मत परेको छ । कुल २४२ सदस्यको उपस्थिति थियो ।

भुसाललाई सत्ता गठबन्धनको साथ थियो । भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थक लक्ष्मीकुमारी चौधरी थिईन् ।

नेपाली कांग्रेसकी ६२ वर्षीया नेत्री भुसाल दोस्रो प्रयासमा प्रतिनिधिसभाको उपसभामुख निर्वाचित भएकी हुन् । यसअघि तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार डा. शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन् । तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्नुहुँदा भुसालले ५८ मत प्राप्त गरेकी थिइन् ।