आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

नागरिकलाई नागरिकताको प्रमाणपत्रबाट वञ्चित नगराउने गृहमन्त्रीको प्रतिबद्धता

गोकर्णेश्वर खबर३१ असार २०७९, शुक्रबार १६:२९ मा प्रकाशित (१ साल अघि) १७९ पाठक संख्या

३१ असार, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्रबाट वञ्चित नगराउने प्रतिबद्धता गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै गृहमन्त्री खाणले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्रबाट वञ्चित नगराउने बताएका हुन् ।

गृहमन्त्री खाणले संविधानले व्यवस्था गरेको नागरिकतासँग सम्बन्धित प्रावधानहरुको आधारशिलामा उभिएर नागरिकतासम्बन्धी विधेयक बनाइएको समेत बताए । गृहमन्त्री खाणले सरकारले जस लिनका लागि नागरिकतासम्बन्धी विधेयक नल्याएको समेत स्पष्ट पारे ।