आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

निसानको तेस्रो अधिवेशनबाट सौर्यनाथ आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गोकर्णेश्वर खबर३१ असार २०७९, शुक्रबार ०९:१३ मा प्रकाशित (१ साल अघि) १४२ पाठक संख्या

३१ असार, काठमाडौं । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) को तेस्रो अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले सौर्यनाथ आचार्यको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

यसैगरी, कमिटिको वरिष्ठ उपाध्यक्ष अरुण पौडेल, उपाध्यक्ष जित बहादुर बस्नेत र युवराज काफ्ले, महासचिव नवराज सापकोटा, उप महासचिव अरुण प्रधान र घनेन्द्र भट्टराई, सचिव राजेश घिमिरे र अजुन दाहाल, कोषाध्यक्ष सुरेश कुमार भट्टराई, सह कोषाध्यक्ष पुष्पा प्रधान र सदस्यहरुमा दोर्जे शेर्पा, रविन्द्रराज मिश्र, दिपेश बस्नेत, डम्बर भट्टराई, रमा पोखरेल, शिवमणी ढकाल, विक्रम पौडेल, निराजन सेढाई रहेका छन् ।

संघीय सांसद कृष्ण राईको प्रमुख आतिथ्यता तथा निशानका अध्यक्ष ओमप्रसाद ढकालको अध्यक्षतामा बिहिबार तेस्रो अधिवेशनको उद्घाटन शत्र भएको थियो ।

गोकर्णेश्वर नगरपालिकाका उपमेयर तथा विशेष अतिथी सान्नानी लामाले दीप प्रज्वलन गरी अधिवेशनको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी संघीय सांसद कृष्ण राईले निवर्तमान अध्यक्ष ओम प्रसाद ढकाललाई प्रशंसा पत्र प्रदान गरे ।

यसैगरी, नव निर्वाचित अध्यक्ष सौर्यनाथ आचार्यले निसानमा आवद्ध विद्यालयहरुको हक हीतका लागि आफूले अहोरात्र कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।