आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

नागार्जुनमा चितुवाको आक्रमणबाट ५ जना घाइते

गोकर्णेश्वर खबर३० असार २०७९, बिहीबार १०:५० मा प्रकाशित (१ साल अघि) १९७ पाठक संख्या

३० असार, काठमाडौं । नागार्जुन नगरपालिका– ८ दर्शनखोलामा बुधबार राती करिव १ः०० बजे चितुवाले आक्रमण गर्दा स्थानीय पाँच जना घाइते भएका छन् ।

घर नजिकै स्थानीय राम भट्टराईले पालेको कुखुराकुखुरा खान आएको चितुवा धपाउने क्रममा आक्रमण गरी रामका आमा सरस्वती भट्टराई, बुवा कुमार भट्टराई, ७५ वर्षीया हजुरआमा सानीमाया भट्टराई र छिमेकी सुविन कार्की घाइते भएका हुन् ।

७५ वर्षीया सानीमायाको अवस्था गम्भिर रहेको छ भने अन्यको टाउँको, मुख लगायत शरीरका विभिन्न अंगमा चोट पुगेको वडाअध्यक्ष पोखरेलले जानकारी दिनुभयो । घाइेतको मनमोहन अस्पतालमा उपचार भई रहेको छ । २०७२ सालको भुकम्पन पछि यो वर्ष गाउँमा चितुवाले आतंक मच्चाएको हो । शिवपुरी राष्ट्रिय निकुञ्जको बफरजोन क्षेत्र भित्र पर्ने यस गाउँलाई तत्काल चितुवाबाट मानवीय क्षेत्र बचाउन तारबार लगाउनु पर्ने माग वडाअध्यक्षले निकुञ्जसँग राखेका छन् ।