आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

यो वर्ष डेढ खर्बले बेरुजु बढ्यो

गोकर्णेश्वर खबर२९ असार २०७९, बुधबार १७:३९ मा प्रकाशित (१ साल अघि) १५२ पाठक संख्या

२९ असार, काठमाडौं । गत आर्थिक वर्षमा बेरुजु १५.४६ प्रतिशतले बढेको छ । महालेखा नियन्त्रक कार्यालयले आज सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनअनुसार यो वर्ष डेढ खर्बले बेरुजु बढेर कुल ८ खर्ब २९ अर्ब २९ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो वर्षसम्म ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ बेरुजु थियो । ​लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष ४ खर्ब २० अर्ब करोड असुल भएको छ । सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट १ खर्ब १५ अर्ब ५ करोड बेरुजु कायम भएको छ । सोमध्ये ३ हजार २८७ संघीय सरकारी निकाय तथा कार्यालयको २८ खर्ब २० अर्ब ३७ करोडको लेखापरीक्षणबाट ४९ अर्ब ४७ करोड बेरुजु छ ।

यस्तै, प्रदेश निकाय तथा कार्यालय १ हजार १३१ को २ खर्ब ९९ अर्ब ५७ करोडको लेखापरीक्षणबाट ७ अर्ब ४८ करोड बेरुजु देखिएको छ ।