आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

समाजसेवी चन्द्रदीप लामाबाट योग साधना केन्द्रलाई ४० थान म्याट हस्तान्तरण 

गोकर्णेश्वर खबर२९ असार २०७९, बुधबार ०९:३४ मा प्रकाशित (१ साल अघि) १८८ पाठक संख्या

२९ असार, काठमाडौं । गुरु पूर्णिमाको पावन अवसरमा समाजसेवी चन्द्रदीप लामा (काजु) ले सरस्वती नगर योग साधना केन्द्रलाई म्याट सहयोग गरेका छन् ।

काठमाडौं महानगरपालिका  ६ बौद्ध निवासी लामाले आज साधना केन्द्रलाई ४० थान म्याट सहयोग गरेका हुन् ।

यसैगरी आज गुरु पूर्णिमा, भानु जयन्ती तथा व्यासजयन्तीको अवसरमा सरस्वती नगर योग साधाना केन्द्रले योग कार्यक्रम गरेको छ ।

योग कार्यक्रममा योग गुरु, समाजसेवी पेशल पहाडी, योग साधकहरु तथा स्थानीयको उपस्थिती रहेको थियो ।