आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

जोरपाटीमा ४ सय फलफूलका विरुवा वितरण

गोकर्णेश्वर खबर२९ असार २०७९, बुधबार ०९:१५ मा प्रकाशित (१ साल अघि) ४४८ पाठक संख्या

२९ असार, काठमाडौं । गोकर्णेश्वर ५ जोरपाटीमा फलफूलका बिरुवा वितरण गरिएको छ । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा स्थानीय घर परिवारलाई मंगलबार नगर प्रमुख दिपक रिसाल, वहा अध्यक्ष नारायण बहादुर सुवेदीले बिरुवा वितरण गरेका हुन् । कार्यक्रम नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदीको विशेष आतिथ्यतामा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख दीपक रिसालले नगरमा हरियाली प्रवद्धर्न तथा वायु प्रदुषण कम गर्न विरुवा रोपन, वृक्षारोपन कार्यक्रम आवश्यक भएकोले यस्ता कार्यक्रमलाई नगरपालिकाले प्रवद्धर्न गरिरहेको बताए । यसैगरी वडा अध्यक्ष नारायण बहादुर सुवेदीले यस्ता कार्यक्रमले व्यवसायिक कृषिका लागि प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।

कार्यक्रममा ४ सय विरुवा वितरण भएको थियो । कार्यक्रममा वडा सदस्य तथा कर्मचारी एवम् स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।