आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

उपमेयर सान्नानी लामाबाट दाङबोला ग्योइठीम तामाङ संघको केन्द्रीय कार्यालय उद्घाटन

गोकर्णेश्वर खबर२९ असार २०७९, बुधबार ०८:४२ मा प्रकाशित (१ साल अघि) २२२ पाठक संख्या

२९ असार, काठमाडौं । दाङबोला ग्योइठीम तामाङ संघको केन्द्रीय कार्यालयको उद्घाटन भएको छ । संघको केन्द्रीय कार्यालयको मंगलवार गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामाले उद्घाटन गरेका छन् ।

तामाङ मौलिक भाषा, संस्कृति र संस्कारको संरक्षण तथा प्रवर्धनका लागि स्थापना भएको संघको केन्द्रीय कार्यालय जोरपाटी, नयाँबस्ति बुद्धचोकमा स्थापना भएको छ ।

कार्यक्रममा गोकर्णेश्वर ६ का वडाध्यक्ष नवराज लामा, समाजसेवी डा. दिल बहादुर थोकर, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य गोविन्द तामाङ, सरलरेखा डट कमकी अध्यक्ष चाँदनी लामा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा तामाङ भाषा, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । संघको अध्यक्ष निङमार योञ्जन रहेका छन् । (तस्विर : सरलरेखा डटकम)