आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

गोकर्णेश्वर खबर२९ असार २०७९, बुधबार ०६:५६ मा प्रकाशित (१ साल अघि) ६९१ पाठक संख्या

काठमाडौं । अब अनलाइन प्रविधिबाटै मतदाता नामावली दर्ता गराउन सकिने भएको छ ।

निर्वाचन आयोगले बिहीबारदेखि अनलाइनबाट फाराम भरी मतदाता नामावलीमा नाम दर्ता नगराएका नेपाली नागरिकले दर्ता गर्न सक्ने जानकारी दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले वेवमा आधारित मतदाता नामावली दर्ता गर्ने प्रणालीको विकास गरेर नमुनाको रुपमा काठमाडौं, भक्तपुर र ललितपुरबाट सुरु गर्ने जनाएको छ ।

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगराएका नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइट www.election.gov.npमा गई व्यक्तिगत विवरण भरी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा गई अनलाइनबाटै पेश गर्न सकिने छ ।

सो पश्चात् अनलाइन फाराममा उल्लिखित सङ्केत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नु पर्ने आयोगले जनाएको छ ।

आयोगले मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नागरिकले यस अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्नु्गराउनु हुन पनि अनुरोध गरेको छ ।