आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

नेपाल बुद्धिचाल संघमा विदुर

गोकर्णेश्वर खबर२९ असार २०७९, बुधबार ०६:४६ मा प्रकाशित (१ साल अघि) २२० पाठक संख्या

काठमाडौं, असार २९, गते । नेपाल बुद्धिचाल संघको अध्यक्षमा विदुरप्रसाद गौतम निर्वाचित हुनुभएको छ । संघको सोमबार काठमाडौंमा सम्पन्न चुनावी साधारण सभाले विदुरलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

तीन उपाध्यक्षका लागि भएको निर्वाचनबाट धनबहादुर बोगटी ५९, सुवोध राज शेर्पाली ५५ र नारायण दास गमाल ५२ मत ल्याएर विजयी हुनुभयो । उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको थियो । पािरजत हुनुभएका माधवप्रसाद प्रधानले १७ र ॐप्रसाद उपाध्यायले नौ मत पाउनुभयो ।

महासचिवमा धरमबहादुर लामा निर्विरोध निर्वाचित हुनुभयो । सचिवहरुमा मोनालिसा खम्बु, भुपेन्द्र निरौला र मेश केसी निर्विरोध निर्वाचित हुनुभयो । कोषाध्यक्षमा ज्ञानेन्द्र महर्जन र सह कोषाध्यक्षमा यज्ञप्रसाद पन्त निर्विरोध निर्वाचित हुनुभयो । यसैगरी तीनजना खुला सदस्यको लागि भएको निर्वाचनबाट कृष्णप्रसाद सिग्देल ४३, प्रवीण बहादुर भडेल ३४ र रामकिशोर सिंह पराग ३२ मत ल्याएर विजयी हुनुभयो । खुला सदस्यमा सात जनाको उम्मेदवारी परेको थियो ।

यसैगरी प्रदेश अन्तर्गत सदस्यहरुमा दिपेन राई प्रदेश १,सुरेन्द्र कुमार शाह मधेस, निरन्जन प्रजापति बागमती, महेश्वर अधिकारी गण्डकी, चन्द्रमणी गैरे लुम्बिनी, शक्तिराम बुढाकर्णाली र गोपालप्रसाद श्रेष्ठसुदुरपश्चिम निर्विरोध हुनुभयो । महिला सदस्यमा पार्वती श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो । संघको निर्वाचनका लागि एक सय १३ प्रतिनिधिमध्ये ७८ जनाले मतदानमा भाग लिएका थिए ।