आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

राष्ट्रपति जो बाइडनले ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक गरे

गोकर्णेश्वर खबर२८ असार २०७९, मंगलवार १३:३८ मा प्रकाशित (१ साल अघि) २३० पाठक संख्या

२८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेका छन् । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले जेम्स वेब स्पेस टेलिस्कोपबाट सो तस्वीर खिचेका थिए ।

यो तस्वीरलाई हालसम्मको अनुसन्धानमै ठूलो सफलता मानिएको छ भनें यसमा प्रष्टरुपमा ब्रह्माण्डलाई देख्न सकिन्छ ।

यस तस्विरबाट ब्रह्माण्डको आकारबारे बुझ्ने वर्षौंदेखिको प्रयास सार्थक भएको वैज्ञानिकहरुले जनाएका छन् । तस्विरमा ब्रह्माण्डमा रहेका ग्रहहरुबाट निस्किएका प्रकाश पनि तस्वीरमा देख्न सकिन्छ ।

जेम्स वेब स्पेस टेलिस्कोपले पृथ्वीबाट एक लाख माइलभन्दा टाढाको तस्वीर पनि कैद गर्न सक्छ । अन्तरीक्षको चारै दिशामा नजर राख्न सक्षम हुने गरी यो बनाइएको छ ।