आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गायत्री पुडासैनी काठमाडौं महानगरपालिकाको लेखा परिक्षण समिति संयोजक चयन

गोकर्णेश्वर खबर२८ असार २०७९, मंगलवार १०:११ मा प्रकाशित (१ साल अघि) ४०५ पाठक संख्या

२८ असार, काठमाडौं । काठमाण्डौ महानगरपालिका वडा नं. ६ का वडा सदस्य गायत्री पुडासैनी महानगरपालिकाको लेखा परिक्षण समितिको संयोजकमा चयन भएकी छिन् । पुडासैनी महानगरपालिकाको ११ औँ अधिवेशनबाट सो समितिको संयोजकमा चयन भएकी हुन् ।

यसैगरी, समितिको सदस्यमा काठमाण्डौ महानगरपालिका वडा नं १० का वडा सदस्य रेसल श्रेष्ठ, वडा नं. २० का सदस्य सतिश तण्डुकार, वडा नं. २१ को वडा सदस्य हीरादेवी पोखरेल, र वडा नं ३ की वडा सदस्य शर्मिला परियार चयन भएका छन् ।

असार २४ गते भएको बैठकले नगर सभाअन्तर्गत लेखा, विधायन र विकास तथा सुशासन गरी ३ वटा समिति गठन गरेको छ ।

लेखा समिति

गायत्री पुडासैनी, वडा नं. ६ — संयोजक
रेसल श्रेष्ठ, वडा नं. २० — सदस्य
सतिश तण्डुकार, वडा नं. १० — सदस्य
हीरादेवी पोरखेल, वडा नं. २१ — सदस्य
शर्मिला परियार, वडा नं. ३ — सदस्य

विधायन समिति

रुपा थापा, वडा नं. ७ — संयोजक
नानीहेरा डंगोल, वडा नं. १२ — सदस्य
प्रवेश श्रेष्ठ, वडा नं. २६ — सदस्य
हुमादेवी आचार्य, वडा नं. ३१ — सदस्य
पुष्प महर्जन, वडा नं. १६ — सदस्य

विकास तथा सुशासन समिति

सिर्जना भेटवाल, वडा नं. ९ — संयोजक
न्हुच्छेदेवी महर्जन, वडा न. २१ — सदस्य
रेणुकमल शाही, वडा नं. १९ — सदस्य
जितेन्द्र खड्गी, वडा नं. १७ — सदस्य
अप्सरा खत्री, वडा नं. १५ — सदस्य