आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

युवा संघले मंगलबार हतियार खरिद प्रकरण विरुद्ध विरोध प्रदर्शन गर्ने

गोकर्णेश्वर खबर२७ असार २०७९, सोमबार २२:०७ मा प्रकाशित (१ साल अघि) ३३८ पाठक संख्या

२७ असार, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले असार २८ गते मंगलबार नयाँ बानेश्वरमा हतियार खरिद प्रकरण विरुद्ध वृहत विरोध प्रदर्शन तथा  मशाल जुलुस गर्ने भएको छ ।

सरकार भो दलालको मतियार, ’मल’ भन्दा प्यारो भो हतियार भन्ने नाराका साथ हतियार खरिद प्रकरण विरुद्ध युवा संघले विरोध प्रदर्शन गर्ने भएको हो ।

वृहत विरोध प्रदर्शन तथा  मशाल जुलुस कार्यक्रम बेलुकी साढे ५ बजे नयाँ बानेश्वरमा हुनेछ ।