आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राजीनामा दिने

गोकर्णेश्वर खबर२६ असार २०७९, आईतवार ०९:२८ मा प्रकाशित (१ साल अघि) २१९ पाठक संख्या

२६ असार, काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफू राजीनामा तयार रहेको बताएका छन् । देशमा जारी प्रदर्शन र राजनीतिक तनावका बीच उनले सर्वदलीय सरकार बनाउने प्रस्ताव गरेका छन् ।

‘नागरिकको सुरक्षासहित सरकारको निरन्तरता सुनिश्चित गर्न सर्वदलीय सरकारको बाटो बनाउन म पार्टीका नेताहरुको सुझाव स्वीकार गर्छु । यसका लागि म प्रधानमन्त्रीबाट राजीनामा दिनेछु,’ प्रधानमन्त्री विक्रमासिंघेले भनेका छन् ।

शनिबार प्रदर्शनकारीले राष्ट्रपतिको निवासभित्र प्रवेश गरी कब्जा गरिरँदा सर्वदलीय बैठकपछि प्रधानमन्त्रीबाट यस्तो प्रतिक्रिया आएको हो । शनिबार सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई राजीनामा दिन नेताहरूले दबाब दिएका थिए ।

महिनौंको प्रदर्शनपछि गत मे महिनामा महिन्दा राजापाक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि रनिल विक्रमासिंघेले प्रधानमन्त्री पद सम्हालेका थिए ।