आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

आज असार शुक्ल एकादशी, हरिशयनी एकादशी

गोकर्णेश्वर खबर२६ असार २०७९, आईतवार ०८:३१ मा प्रकाशित (१ साल अघि) ११४ पाठक संख्या

२६ असार, काठमाडौं । आज असार शुक्ल एकादशी, हरिशयनी एकादशी पनि भनिन्छ । तुलसी रोपण एकादशी पनि भनिन्छ । यो समयमा भगवान विष्णु शयन गर्ने समय भएकाले शुभकार्य गरिँदैन । आज हरेक घरमा तुलसी रोप्ने काम पनि गरिन्छ ।

घरको आँगनमा रोपिएको तुलसीलाई विष्णु भगवानको अवतारका रूपमा पूजा गर्ने चलन छ । भगवान विष्णु चार महिनाका लागि जल शयनीमा रहने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइन्छ । एक महिना अघि जेठ शुक्ल एकादशी (निर्जला एकादशी)का दिन छरिएको बिउ तयार भएर आजको दिन रोपण गरिन्छ ।

तुलसी आयुर्वेदमा बहुउपयोगी बनस्पति पनि हो । आजको दिन सनातनीहरूले व्रत र भगवान विष्णुको पूजा आरधना गर्ने गर्दछन्। काठमाडौँको बुढानिलकण्ठ र देशभरका शिवालय र देवालयमा दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ ।

आजबाट चतुर्मास व्रत आरम्भ भएको छ । आजदेखि चार महिना अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिनालाई चातुर्मास भन्ने गरिन्छ । हिन्दु अनुयायीहरूले चार्तुमास भित्र पर्ने चार महिनाको एकादशीको दिन विशेष व्रत बस्ने गर्दछन् ।