आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

खोक्रो भाषणले देश बन्दैन : सञ्चारमन्त्री कार्की

गोकर्णेश्वर खबर२६ असार २०७९, आईतवार ०७:३९ मा प्रकाशित (१ साल अघि) १८१ पाठक संख्या

२६ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खोक्रो भाषणमात्र गरेर देशको विकास नहुने बताएका छन् ।

सुनसरीको बराह क्षेत्र नगरपालिका–७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसमा शनिबार आयोजित प्राध्यापक संघको पदभार ग्रहण तथा बस उद्घाटन कार्यक्रममा उनले जनताको सेवा र देशको समृद्धिका लागि आफू राजनीतिमा लागिपरेको बताए ।

मन्त्री कार्कीले जनताको सेवा गर्न राजनीतिमा प्रवेश गरेको बताउँदै आफूले बोलेको कुरा पूरा गर्दै आएको दाबी गरे । विकासबिनाको राजनीति जनताका लागि धोका हुने बताउँदै उनले आफूले जनतासामु गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गरे ।

वराहक्षेत्र नगरपालिकाको विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, विद्युत्लगायत क्षेत्रमा योजना बनाएर जनतालाई सेवा दिन आफू लागिपरेको मन्त्री कार्कीले जानकारी दिए । भन्टाबारीदेखि धरानसम्मको पुरानो रेल्वेमार्गलाई सडकमार्गको रूपमा स्तरोउन्नति, सप्तकोसी बहुमुखी क्याम्पसमा कृषि विज्ञान, कम्प्युटर ल्याब र पुस्तकालयको व्यवस्थाका लागि काम गर्ने बताए ।