आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

टोलको सरसफाईमा प्रशंसनीय कार्य गर्दै गोकर्णेश्वर तालिञ्चोक युवा क्लब

गोकर्णेश्वर खबर२५ असार २०७९, शनिबार २१:२२ मा प्रकाशित (१ साल अघि) ४६४ पाठक संख्या

२५ असार, काठमाडौं । गोकर्णेश्वर तालिञ्चोक युवा क्लबले तालिञ्चोक टोलको सरसफाईलाई अभियानकै रुपमा काम गर्दै आएको छ । क्लबले तालिञ्चोकमा रहेको सार्वजनिक धाराको मर्मत समेत गरेको छ ।

यसैगरी, क्लबले सार्वजनिक जमिनको संरक्षण तथा टोलको सुन्दरता बढाउन सार्वजनिक तथा खालि ठाउँहरुमा फूल रोप्ने जस्ता काम गर्दै आएको गोनपा वडा नं. ४ का वडा सदस्य तथा क्लबका सल्लाहकार राजेश श्रेष्ठले जानकारी दिए ।

टोलको सरसफाई र विकासमा तालिञ्चोक युवा क्लबले खेलेको भूमिका प्रशंसनीय रहेको श्रेष्ठले बताए ।