आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

सरकारले नागरिकता विधेयक संसदमा पेश गर्ने निर्णय

गोकर्णेश्वर खबर२४ असार २०७९, शुक्रबार २०:१७ मा प्रकाशित (१ साल अघि) १५५ पाठक संख्या

२४ असार, काठमाडौं । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता सम्बन्धी विधेयक पेस गर्ने निर्णय गरेको छ । आजमात्रै संसदमा विचाराधीन रहेको नागरिकता ऐन संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो । सरकारले फेरी नागरिकता विधेयक संसदमा पेश गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त विधेयक फिर्ता लिन प्रस्ताव गरेका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले त्यसको विरोध गरेका थिए । उनीहरुले हालकै विधेयक पारित हुनुपर्ने बताएका थिए ।

गृहमन्त्री खाँणले आजकै मन्त्रिपरिषद्ले नागरिकता विधेयक फेरि पेस गर्ने संसदलाई जानकारी गराएका थिए । उनले नागरिकताबाट धेरै नेपालीहरु वञ्चित हुनुपरेको र सबैलाई समेट्नका लागि परिमार्जनसहितको विधेयक ल्याउन लागिएको बताएका थिए ।