आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

बौद्ध महांकालमा दिव्यश्वरी आधुनिक कृषि बजार उद्घाटन

गोकर्णेश्वर खबर२४ असार २०७९, शुक्रबार १६:२२ मा प्रकाशित (१ साल अघि) ३४४ पाठक संख्या

२४ असार, काठमाडौं । बौद्ध महांकालमा दिव्यश्वरी आधुनिक कृषि बजारको उद्घाटन भएको छ । आज सोलुखुम्बु सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले कृषि बजारको उद्घाटन गरेका हुन् ।

महांकालबाट बौद्धनाथ जाने बाटोमा पर्ने कृषि बजारको उद्घाटन कार्यक्रम कृषि बजारका व्यवस्थापन संयोजक विकास राईको सभापतित्व तथा सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले कृषि बजारले उपभोक्ता र किसान दुबैका लागि फाईदा पुग्ने विश्वास व्यक्त गर्दै बजारको सफलताको शुभकामना व्यक्त गरे ।

यसैगरी, कृषि बजारका व्यवस्थापन संयोजक विकास राईले सस्तो, ताजा र विषादी रहित तरकारी तथा फलफूल खरिद बिक्री गर्ने उदेश्यका साथ बजार खोलिएको बताए । उनले बजारमा ७० वटा स्टल रहेको जानकारी दिंदै वडा नं. ६ मा ठेलामा तरकारी फलफूल बेच्नेहरुले स्टल लिए २० प्रतिशत छुट दिने बताए ।

बजार उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका वागमति प्रदेश कार्यसम्पादन समिति सदस्य नातिकाजी कार्की, सोलुखुम्बुका कांग्रेसका युवा नेता सन्तोष कट्टेल, बजारमा आबद्ध व्यवसायिका अध्यक्ष तीलक सुनुवार लगायतको आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेसका वागमति प्रदेश कार्यसम्पादन समिति सदस्य नातिकाजी कार्कीले राखेका थिए भनें कार्यक्रम सञ्चालन पत्रकार बाबुराम देवकोटाले गरेका थिए ।

कृषि बजारबाट थोक तथा खुद्रा तरकारी र फलफुल बिक्री हुनेछ ।