आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

मुलखर्कमा गुम्बालाई फर्निचर हस्तान्तरण 

गोकर्णेश्वर खबर२३ असार २०७९, बिहीबार २२:५७ मा प्रकाशित (१ साल अघि) ३३६ पाठक संख्या

२३ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. १ मूलखर्कमा रहेको सोनाम छ्योईलिङ गुम्बाका लागि आवश्यक फर्निचर हस्तान्तरण गरिएको छ ।

बिहिबार नगरपालिकाको आर्थिक सहयोगमा रू ४ लाख बराबर लामा गुरुहरूलाई थान्का सहित म्याट्रेस, टेबल, प्लाष्टिकको कुर्सी लगायत आवश्यक फर्निचर हस्तान्तरण गरिएको हो ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष द्वारिका श्रेष्ठको विषेश आतिथ्यतामा भएको कार्यक्रममा सामग्रीहरुको हस्तान्तरण नगर प्रमुख दीपक रिसालले गरेका थिए ।

त्यसैगरी, आज सोही कार्यक्रममा मूलखर्क युवा क्लबलाई समेत रू १ लाख ५० हजार बराबरको संस्कृतिक सामाग्री विषेश अतिथि वडा अध्यक्ष द्वारिका श्रेष्ठबाट हस्तान्तरण भएको थियो ।