आज: २५ बैशाख २०८२, बिहीबार | Thu, 08, May, 2025

अर्थमन्त्रीको गिरफ्तारिको माग गर्दै युवा संघले २३ गते मशाल जुलुस गर्ने

गोकर्णेश्वर खबर२२ असार २०७९, बुधबार २१:०७ मा प्रकाशित (२ साल अघि) ३४० पाठक संख्या

२३ असार, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्रीको गिरफ्तारिको माग गर्दै २३ गते नयाँ बानेश्वरमा मशाल जुलुस गर्ने भएको छ ।

अर्थमन्त्री जनादर्न शर्माले बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करको दरमा हेरफेर गरेको विषयमा विवाद बढे पछि आज बुधबार राजिनामा दिएको घोषणा गरे पनि युवा संघले अर्थमन्त्रीको गिरफ्तारिको माग गर्दै मशाल जुलुस गर्ने बताएको छ ।

अर्थमन्त्रीको कदम राष्ट्रघाती रहेको आरोप लगाउँदै युवा संघले २३ गते बेलुकी ६ बजे नयाँ बानेश्वरमा वृहत मशाल जुलुस गर्ने भएको छ ।