आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

अर्थमन्त्री जनार्दन शर्माद्वारा अर्थमन्त्रीको पदबाट राजीनामा

गोकर्णेश्वर खबर२२ असार २०७९, बुधबार २०:५१ मा प्रकाशित (१ साल अघि) २४२ पाठक संख्या

२२ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा घोषणा गरेका हुन् । अर्थमन्त्री शर्माले ११ सदस्यीय संसदीय विशेष छानबिन समितिलाई छानबिन गर्न सजिलो होस् भनी पदबाट राजीनामा दिएको घोषणा गरे ।

विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उनले आफूले भने त्यसो नगर्ने जानकारी सदनलाई गराए । उनले छानबिन समितिको काम कारबाहीलाई सहज बनाउनका लागि पदबाट राजीनामा दिएको बताए ।