FLASH NEWS
आज: २४ श्रावण २०७९, मंगलवार | Tue, 09, Aug, 2022 Gokarneshwor TV HD

अश्लील सामग्री प्रसारणको आरोपमा युटुबर पक्राउ

गोकर्णेश्वर खबर२१ असार २०७९, मंगलवार २०:१८ मा प्रकाशित (१ महिना अघि) १७५ पाठक संख्या

२१ असार, काठमाडौं । नेपाल प्रहरीले युटुब च्यानलमा अश्लील सामग्री प्रसारण गरेको आरोपमा एकजना युटुबरलाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक युटुब च्यानल सञ्चालन गरी उक्त च्यानलमार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने काममा संलग्न रहेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको बौद्ध बस्ने २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले पक्राउ लामाले अश्लील सामग्री युट्युबलगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राय गरिएको हो ।

पक्राउ परेका लामालाई जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।