आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

गोनपा ७ शिवचोकमा २५ गते स्तन र पाठेघरको मुखको क्यान्सर परिक्षण हुने

गोकर्णेश्वर खबर२१ असार २०७९, मंगलवार १५:२९ मा प्रकाशित (१ साल अघि) ४६८ पाठक संख्या

२१ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ७ मा महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर परिक्षण शिविर हुने भएको छ ।

वडा कार्यालय र आम्दा नेपालको समझदारी अनुसार असार २५ गते वडा क्षेत्र भित्र बसोवास गर्ने महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर परिक्षण हुने भएको छ ।

स्वास्थ्य शिविर २५ गते शिव चोकमा रहेको शहरी स्वास्थ्य केन्द्रमा हुनेछ । शिविर बिहान ९ बजेबाट दिउसो ३ बजेसम्म हुनेछ ।

वडा कार्यालयले एक सुचना जारी गरी गोकर्णेश्वर नगरपालिका र आम्दा नेपालको समझदारी अनुसार वडा क्षेत्र भित्र बसोवास गर्ने महिलाहरुको स्तन र पाठेघर मुखको क्यान्सर परिक्षण हुने भएकोले उपस्थित भई सेवा लिन अनुरोध गरेको छ ।