आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

युवा संघले भोली हनुमानस्थान सिंहदरवारमा अर्थमन्त्री विरुद्ध प्रदर्शन गर्ने

गोकर्णेश्वर खबर२० असार २०७९, सोमबार २१:५४ मा प्रकाशित (१ साल अघि) २६७ पाठक संख्या

२० असार, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले भोली मंगलबार दिउसो ३ बजे प्रदर्शन गर्ने भएको छ ।

अर्थमन्त्री जनादर्न शर्माले बजेट बनाउँदा अनिधिकृत व्यक्तिलाई प्रवेश गराई करको दरमा हेरफेर गरेको विषयमा विवाद बढीरहेको सन्दर्भमा युवा संघले विरोध प्रदर्शन गर्ने भएको हो ।

अर्थमन्त्रीको कदमको अनुसन्धान गरी कारवाही हुनु पर्ने माग उठिरहेको समयमा सीसीटीभी फुटेज समेत १३ दिनमै डिलिट भईसकेको समाचार आए पछि अर्थमन्त्रीको कदम राष्ट्रघाती रहेको आरोप लगाउँदै युवा संघले भोली मंगलबार ३ बजे हनुमानस्थान सिंहदरवारमा प्रदर्शन गर्ने भएको छ ।