आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

लेखा समिति गठन र त्यसको प्रभावकारिता विषयक एक दिने अन्तरक्रिया सम्पन्न

गोकर्णेश्वर खबर२० असार २०७९, सोमबार २०:५७ मा प्रकाशित (१ साल अघि) २३६ पाठक संख्या

असार २०, ललितपुर । वागमती प्रदेश सभा सार्वजनिक लेखा समितिले सार्वजनिक लेखा समितिको गठन र बेरूजु न्युनीकरणको विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ । आज सोमबार काठमाडौं उपत्यकाका जनप्रतिनिधिहरूका बिचमा आयोजित कार्यक्रममा पालिकाहरुमा बढ्दो बेरुजु प्रति सरोकारवालाहरुले चिन्ता र चासो व्यक्त गरे ।

काठमाडौं उपत्यकामा नव निर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तहमा हुने लेखा समिति गठन र वेरूजु न्युनिकरण गर्ने । त्यस विषयमा सजग गराउने र आगामी दिनमा बेरूजुलाई शुन्यमा ल्याउने उदेश्यका साथ आयोजना गरिएको एक दिने अन्तरक्रिया कार्यक्रम प्रमुख अतिथि बागमती प्रदेशका उप सभामुख राधिका तामाङ र लेखा समितिका सभापति माननीय न्हुछे नारायण श्रेष्ठज्युले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

ललितपुरको इन्द्रणी वैङ्कुटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका लेखा संयोजकहरू, जनप्रतिनिधि र लेखा समितिका सदस्यहरू बिच विशेष छलफल र अन्तक्रिर्या गरिएको लेखा समितिका सभापति माननीय न्हुछे नारायण श्रेष्ठज्युले जानकारी दिए । श्रेष्ठले गत बर्ष वागमती प्रदेशमा भएको बेरूजुलाई दफाबार छफलफ गर्दै त्यसलाई समाधान गर्नका लागि प्रदेश सभामा पेस भएको र त्यसलाई न्युनिकरण गर्नकै यस्तो किसिमको कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण हुने भएकोले यो कार्यक्रम आयोजना गरेको प्रष्ट पारे ।

दुई सत्रमा भएको कार्यक्रममा पहिलो सत्रमा डा रोजनाथ पाण्डेले स्थानीय तहमा सार्वजनिक लेखा समिति गठन महत्व र प्रभावकारिताको विषय प्रस्तुत गरेका थिए भने नायव महालेखा परिक्षक त्रिलोचन आचार्यले स्थानीय तहमा बेरूजु न्युनिकरण, सम्परीक्षण एवम् लेखा समितिको भूमिका बिषय प्रस्तुत गरेका थिए ।