आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

काँग्रेस पदाधिकारीको बैठक मङ्गलबार बस्ने

गोकर्णेश्वर खबर२० असार २०७९, सोमबार ०९:०१ मा प्रकाशित (१ साल अघि) १८५ पाठक संख्या

२० असार, काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानलाई टुङ्गो लगाउन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न काँग्रेस पदाधिकारीको बैठक मङ्गलबार बस्ने भएको छ ।

बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानमा एकता रुपता ल्याउन र असार २७ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकका सन्दर्भमा पनि छलफल हुनेछ ।

बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र नेताहरूद्वय एनपी साउथ र गुरुराज घिमिरेलाई पनि आमन्त्रण गरिएको छ । कांग्रेसले केही समय पहिले केन्द्रीय सदस्य एनपी साउथको संयोजकत्वमा सात सदस्यीय समिति बनाएर भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानको अध्ययन र विश्लेषण गरेको थियो ।

कांग्रेसले पाँच वटा भ्रातृ संस्थाको विधान पारित गरिसकेको छ भने अन्यको बाँकी रहेको छ । विधानको अभावमा कांग्रेसका अधिकांश भ्रातृ संस्थाको अधिवेशन हुन सकिरहेको छैन ।